• ७ असोज २०८३, बुधबार
  • १०ः३७ बिहान

अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न वर्षमान पुनको माग

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार ११:३९

२९ जेठ २०८३ काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै पुनले अर्थमन्त्री वाग्लेले संसदलाई हेप्ने शैलीमा अभिव्यक्ति दिएको आरोप लगाउँदै निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

National Life

पुनले विगतका सरकारले ६७ वटा करका दर हेरफेर गरेको र आफूले सातवटा मात्र परिवर्तन गरेको भन्ने आशयमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले करका दर परिवर्तनबारे प्रश्न उठाउने सांसदहरूलाई पुराना काण्डका फाइल खोल्ने चेतावनी दिनु आपत्तिजनक भएको बताए।

यसअघि सार्वजनिक लेखा समितिको बैठकमा पनि उक्त विषय उठाएको स्मरण गराउँदै पुनले सुरुमा अर्थमन्त्रीलाई ‘शंकाको लाभ’ दिइएको भए पनि पछिल्ला घटनाक्रमले उनको भूमिकामाथि नै प्रश्न उठाएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले संसदलाई दबाब दिने वा धम्क्याउने प्रयास भएको दाबी गर्दै सातवटा करका दर परिवर्तन गरिएको कुरा अर्थमन्त्री आफैंले स्वीकार गरिसकेकाले अब निष्पक्ष छानबिन अपरिहार्य भएको धारणा राखे।

‘सात वटा होस् वा ७३ वटा, यदि प्रक्रिया मिचेर गरिएको हो भने त्यो अपराध हो,’ पुनले भने, ‘मेरो बारेमा पनि छानबिन होस्, अहिलेको विषयमा पनि छानबिन होस्।’

पुनले विगतका सांसदहरूलाई समावेश नगरी यसपटक निर्वाचित नयाँ सांसदहरू मात्र रहने गरी संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन्। साथै २० लाख रुपैयाँभन्दा माथिका सवारीसाधनमा कसलाई कर छुट दिइयो भन्ने विषयसमेत छानबिनको दायरामा ल्याउनुपर्ने उनको माग छ।

कर्मचारीले स्वेच्छाचारी रूपमा आर्थिक विधेयकका व्यवस्था परिवर्तन गर्न नसक्ने भन्दै पुनले यो घटनाले संसदको गरिमा र अधिकारमाथि प्रश्न उठाएको दाबी गरे।

प्रतिकृया