राज्य व्यवस्था समितिद्वारा विभिन्न उपसमिति गठन, मन्त्रालयहरूको अनुगमन जिम्मेवारी बाँडफाँट
प्रकाशित मिति
२०८३ जेष्ठ २८ गते, बिहीबार ०४:३३
काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्यक्षेत्रअन्तर्गत रहेका मन्त्रालय तथा निकायहरूको कामकारबाही अध्ययन, अनुगमन र सहजीकरणका लागि विभिन्न उपसमिति गठन गरेको छ। बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको कामकारबाही हेर्ने जिम्मेवारी रास्वपाका सांसद डा. अमरेशकुमार सिंहको नेतृत्वमा रहने गरी सात सदस्यीय उपसमिति गठन गरेको हो।

त्यस्तै, गृह मन्त्रालयको कामकारबाही अध्ययन तथा अनुगमनका लागि दीपकराज बोहराको नेतृत्वमा तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न कमल सुवेदीको नेतृत्वमा सात–सात सदस्यीय उपसमिति गठन गरिएको छ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोगलगायत संवैधानिक निकायहरूको कामकारबाही अध्ययन तथा निगरानीका लागि सुरेन्द्र चौधरीको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको समितिले जनाएको छ।

समितिले मन्त्रालय र निकायहरूको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन उपसमितिहरू गठन गरिएको जनाएको छ।







प्रतिकृया