• २५ भदौ २०८३, बिहीबार
  • ३ः१३ राती

एभरेष्ट कलर आईपीओमा ४४ गुणाभन्दा बढी आवेदन, कतिलाई पर्ला शेयर ?

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार ०९:५२

२८ जेठ २०८३ काठमाडौं –  एभरेष्ट कलर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। सार्वजनिक निष्कासनको अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन्।

National Life

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार कम्पनीको आईपीओमा २ अर्ब ९२ करोड १ लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख १ हजार ७६० कित्ताका लागि आवेदन परेको छ। यो माग कम्पनीले निष्कासन गरेको शेयरभन्दा करिब ४४.५ गुणा बढी हो।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता शेयर बिक्री खुला गरेको थियो। त्यसअनुसार गोलाप्रथामार्फत ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

उच्च आवेदनका कारण अधिकांश आवेदकको हात भने रित्तै रहने निश्चित भएको छ। अब कम्पनीको आईपीओ बाँडफाँट मिति तय भएपछि गोलाप्रथामार्फत शेयर वितरण गरिनेछ।

प्रतिकृया