• २५ जेठ २०८३, सोमबार
  • १२:२४ बेलुका

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार १०:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यसहित बोलाइएको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट अध्यक्ष वा सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो। तर प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाले पार्टीका शीर्ष नेताहरूलाई बैठकमा नपठाएको जनाइएको छ।

Kamana Sewa

यद्यपि राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छ। उता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको जनाएको छ।

Classic Tech Desktop

रास्वपाले पछिल्लो राजनीतिक अवस्था, संसद्को भूमिका तथा समसामयिक राष्ट्रिय मुद्दाबारे साझा धारणा बनाउन बैठक आयोजना गरेको बताइएको छ। बैठकबाट हुने निर्णय र निष्कर्षलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिकृया