• २६ भदौ २०८३, शुक्रबार
  • ९ः५४ बिहान

साउनदेखि सरकारी कर्मचारीका लागि स्वास्थ्य बीमा अनिवार्य, बजेट दोब्बर

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०८:२८

२५ जेठ २०८३ काठमाडौं – सरकारले आगामी साउन महिनादेखि राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आवद्ध गराउने भएको छ।

National Life

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारी कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा समेट्न आवश्यक कार्यविधि तयार गर्ने काम भइरहेको जानकारी दिए। उनले कार्यक्रमलाई प्रभावकारी बनाउन बाध्यकारी व्यवस्था लागू गर्ने तयारी भइरहेको बताए।

स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार र दिगो बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको सचिव देवकोटाको भनाइ छ। उनका अनुसार सरकारले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेकै कारण आगामी आर्थिक वर्षका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्लो वर्ष स्वास्थ्य बीमाका लागि सात अर्ब रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए।

गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय विभिन्न चुनौतीसँग जुधिरहेको छ। स्वास्थ्य बीमा बोर्डले विभिन्न अस्पताललाई १८ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ।

भुक्तानीमा ढिलाइ भएपछि निजी सेवा प्रदायक अस्पतालहरूले आकस्मिक सेवाबाहेकका अन्य सेवामा स्वास्थ्य बीमा सुविधा सीमित गरेका छन्। सरकारको नयाँ व्यवस्थाले स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढ्ने र कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया