• २४ जेठ २०८३, आइतबार
  • ३:५० बेलुका

रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन

प्रकाशित मिति

२०८३ जेष्ठ २४ गते, आईतवार ११:२३

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सम्बन्धित जिल्लामा नयाँ नेतृत्व चयन गरिएको पार्टीले जनाएको छ।

आज चितवन, रसुवा र ललितपुर जिल्लामा अधिवेशन जारी रहेको छ। यता सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको बताइएको छ।

Kamana Sewa

हालसम्म सम्पन्न अधिवेशनबाट निर्वाचित जिल्ला सभापतिहरूको सूची यसप्रकार छः

Classic Tech Desktop
  • काठमाडौं : राजा शाक्य
  • भक्तपुर : रामेश्वर बस्नेत
  • काभ्रेपलाञ्चोक : प्रबिन ढकाल
  • सिन्धुली : अविनाश बस्नेत
  • रामेछाप : रमेश रायमाझी
  • दोलखा : दिनेश बस्नेत
  • नुवाकोट : रामेश्वर गजुरेल
  • धादिङ : राजन अर्याल
  • मकवानपुर : सन्जिव पाठक

बाँकी जिल्लाहरूको अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशमा पार्टीको संगठनात्मक संरचनाले थप पूर्णता पाउने अपेक्षा गरिएको छ। पार्टीले अधिवेशनमार्फत स्थानीय तहदेखि प्रदेशस्तरसम्म संगठन सुदृढीकरण गर्ने अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिकृया