• २६ भदौ २०८३, शुक्रबार
  • ३ः५७ दिउँसो

‘नेपाली ब्रो’का रूपमा चर्चित रेस्लर कुमार थापा श्रीमती हत्या आरोपमा पक्राउ

प्रकाशित मिति

२०८३ जेष्ठ २३ गते, शनिबार ०८:०३

२३ जेठ २०८३ काठमाडौं – टिकटकमा ‘नेपाली ब्रो’का नामले परिचित रेस्लर कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा शुक्रबार राति करिब १० बजे भएको घटनापछि थापालाई नियन्त्रणमा लिइएको हो।

National Life

घरायसी विवादका क्रममा उनले श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको आरोप छ।

गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

घटनापछि प्रहरीले थापालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। हत्या हुनुको कारण र घटनाका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया