• २२ जेठ २०८३, शुक्रबार
  • ३:२९ बेलुका

भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगे रवि लामिछाने

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ०१:०४

२२ जेठ २०८३ काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली भ्रमणको अन्तिम दिन अयोध्या पुगेको छ। जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने आज स्वदेश फर्किने कार्यतालिका रहेको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री, विदेशमन्त्री तथा गृहमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। यसैबीच, उनले भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय नेता नितिन नवीनसहित अन्य प्रभावशाली नेताहरूसँग पनि भेटघाट गरेका थिए।

Kamana Sewa

दिल्ली बसाइका क्रममा लामिछानेले भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण एसियाका लागि अमेरिकी विशेष दूतसँग समेत संवाद गरेको बताइएको छ।

Classic Tech Desktop

रास्वपाले लामिछानेको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने तथा विभिन्न पक्षसँग अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा लिएको जनाएको छ।

प्रतिकृया