• २२ जेठ २०८३, शुक्रबार
  • ३:०७ बेलुका

शनिबार काठमाडौं–ललितपुरका ९८ स्थानमा ४ घण्टा विद्युत् कटौती हुने

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार १२:४२

२२ जेठ २०८३ काठमाडौं – काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा यही जेठ २३ गते शनिबार चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको १३२ केभी प्रसारण कण्डक्टर अपग्रेडिङ आयोजना, मातातीर्थले स्युचाटार सबस्टेशनको मर्मत तथा स्तरोन्नति कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

प्राधिकरणका अनुसार स्युचाटार र टेकु सबस्टेशन अन्तर्गतका कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्रबाट सेवा लिने ९८ स्थानमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ।

Kamana Sewa

सूचनाअनुसार कुलेश्वर वितरण केन्द्रअन्तर्गत ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० तथा पुल्चोकका १४ स्थानमा विद्युत् कटौती हुनेछ। १३२ केभी स्युचाटार सबस्टेशनको बसलाई सटडाउनमा राखेर मर्मतसम्भार तथा स्तरोन्नतिको काम गरिने भएकाले आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

प्राधिकरणले सटडाउन अवधिमा उपत्यकाका अन्य सबस्टेशनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने जनाएको छ। मौसम प्रतिकूल भएमा पूर्वनिर्धारित समय परिवर्तन हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने प्रयास भइरहेको भन्दै प्राधिकरणले विद्युत् सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रतिकृया