• २१ जेठ २०८३, बिहीबार
  • ३:२५ बेलुका

मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार १२:५५

२१ जेठ २०८३ काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। भ्रमणका क्रममा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच भएको भेटवार्तामा नेपाल भ्रमणबारे छलफल भएको भ्रमण दलमा सहभागी एक अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार लामिछानेले नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका हुन्। प्रधानमन्त्री मोदीले पनि आफू नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नेपाल आउने इच्छा व्यक्त गरेको बताइएको छ। यदि भ्रमणको प्रक्रिया अघि बढेमा नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाइने विषयमा छलफल हुने संकेतसमेत भेटवार्तामा भएको स्रोतको दाबी छ।

Kamana Sewa

यसअघि भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने निम्तो प्राप्त गरेको र विभिन्न अवसरमा नेपाल भ्रमण गर्दै आएका छन्। उनले सन् २०१४ मा पहिलोपटक नेपाल भ्रमण गरेका थिए भने त्यसपछि सार्क सम्मेलन, जनकपुर र लुम्बिनीसमेत गरी विभिन्न पटक नेपाल आएका थिए।

Classic Tech Desktop

हालको भेटपछि दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदानबारे थप कूटनीतिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया