• १६ असोज २०८३, शुक्रबार
  • ९ः१२ राती

जलेश्वरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०२:४१

११ जेठ २०८३ काठमाडौं – महोत्तरीको सदरमुकाम जलेश्वरमा सोमबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

National Life

जलेश्वर नगरपालिका–६ का ७५ वर्षीय चन्देश्वर साहलाई जलेश्वर–२, मटिहानी चोकमा जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ४७५८ नम्बरको बसले ठक्कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका साहलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घटनापछि प्रहरीले बस र चालक महोत्तरीको पिपरा गाउँपालिका–९, अलिपट्टीका सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया