बजेट तयारीका लागि राष्ट्र बैंकको आर्थिक प्रतिवेदन अर्थमन्त्रीलाई हस्तान्तरण
प्रकाशित मिति
२०८३ बैशाख २८ गते, सोमबार ०३:२२
२८ बैशाख २०८३ काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा समेटिएको पूर्व बजेटकालीन प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाइएको छ। सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदनमा मुलुकको समग्र आर्थिक अवस्था, वित्तीय क्षेत्रको वर्तमान स्थिति, राजस्व परिचालन, लगानीको अवस्था, मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति लगायत विषय समेटिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार वार्षिक बजेट तयारीका लागि राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही प्रावधानअनुसार राष्ट्र बैंकले हरेक वर्ष बजेटअघि यस्तो प्रतिवेदन बुझाउँदै आएको छ।






प्रतिकृया