• १९ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

मेरो पारिश्रमिक जो बचेको छ, देशकै लागि खर्च हुन्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७६ आश्विन २४ गते, शुक्रबार ०१:२४

बिजयादशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार गृह जिल्ला झापामा सबै पार्टीका नेता कार्यकर्तासँग शुभकामना आदानप्रदान गरेका छन् । बर्सेनि बिजयादशमीका अवसरमा आफैँले आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै प्रधानमन्त्री ओली आपसी सद्भाव र आत्मीयता साट्न गृह जिल्ला झापा आएका हुन् ।

एउटा राजनीतिज्ञका रुपमा २०५१ सालदेखि शुरु गरेको शुभकामना आदानप्रदान कार्यक्रम २६ औँ वर्षमा पुगिरहँदा यसपटक झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका नेतालाई पनि आमन्त्रण गरेर शुभकामना दिए ।

Kamana Sewa

प्रधानमन्त्रीको निम्तोलाई स्वीकार गर्दै काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला, राप्रपाका सहमहामन्त्री राम थापा लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता कार्यक्रममा सहभागी भएका छन् । अघिल्ला वर्षमा तत्कालीन एमाले कार्यकर्ताको मात्रै सहभागिता रहने कार्यक्रममा यसपटक भने अरु दलका नेता कार्यकर्ताले पनि प्रवेश पाएका हुन् । सधैँ औपचारिकतामा सीमित हँदै आएको शुभकामना आदानप्रदान कार्यक्रममा यसवर्ष विभिन्न जातिका झाँकी र नृत्य प्रस्तुत भए । पद, सत्ता र शक्तिमा रहँदा होस् वा नरहँदा ओलीले बर्सेनि गृह जिल्लामा आफैँले कार्यक्रम आयोजना गर्दै आएका छन् ।

Classic Tech Desktop

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चाडपर्वलाई रमाइलो गर्ने माध्यमका रुपमा मात्रै सीमित राख्न नहुने बताए । ‘चाडको मर्यादाले बिग्रिएका सम्वन्धहरु पनि जोडिन्छन्’, उनले भने, ‘चाडले शिष्टता सिकाउँछ ।’ आफ्नो स्वास्थ्य अवस्था र यतिञ्जेलको सङ्घर्षका विषयमा समय खर्चिएका प्रधानमन्त्री ओलीले फाउमा पाएको जिन्दगीमा सम्पत्ति कमाउने लो’भ नभएको भन्दै आफ्नो सम्पत्ति राष्ट्रलाई समर्पण गर्ने घोषणा पनि गरे ।

‘बालकदेखि जेष्ठ नागरिकसम्मले माया गर्छन्, मेरा लागि त्यही सम्पत्ति हो । धन सम्पत्ति कमाएर थुपार्नु पर्ने छैन । मेरो पारिश्रमिक जो बचेको छ, देशकै लागि खर्च हुन्छ । मसँग जो सम्पत्ति छ देशकै लागि स’मर्पण गर्छु’, प्रधानमन्त्री ओलीले भने ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीविरुद्ध अझै कडाइका साथ प्रस्तुत हुने बताउँदै उनले गलत आ’चरण भएका सबैले सजाय भोग्नु पर्ने बताए । कार्यक्रममा उनले भने, ‘कसैको आचरणमा तलमाथि प¥यो भने म सहन्न । ठूला साना जो सकै हुन्, उनीहरुको मतलव छैन । आचरण र व्यवहारको मतलव छ ।’

आफ्नै निर्वाचन क्षेत्रमा भेला भएका विभिन्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिइरहँदा प्रधानमन्त्री ओलीले विकास आयोजनामा भइरहेको प्रगतिका विषयमा पनि सुनाउन भ्याए । ‘अस्ति भर्खर ८६९ घर आँधीले उडायो । उनीहरुका पक्की घर बनाइयो । उनीहरुका लागि परिवर्तन भयो । कुनै सरकारले यति छोटो समयमा गरिवलाई घर बढाई दिएको सुन्नु भएको थियो रु पढ्नु भएको थियो रु यो रामायण महाभारतमा पनि पाइँदैन’, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता सिटौलाले देश विकासका लागि कोही एक्लैले केही गर्न नसक्ने बताउँदै जनताको नजरमा आलोचना हुने कामबाट सरकार मुक्त हुनसक्नु पर्ने बताए । ‘समाज बनाउन सबैको विचारलाई साथमा लिएर हिँड्नु पर्छ । एक्लो केही गर्न सकिँदैन’, उनले भने

प्रतिकृया