• २१ भदौ २०८३, आइतबार
  • ६ः२८ बेलुका

अस्पतालभित्र अवैध गतिविधि नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ११:५५

१७ बैशाख २०८३ काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी तथा अन्य कानूनविपरीत गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल परिसरमा प्रवेश गरी बिरामी तथा स्वास्थ्यकर्मीको फोटो–भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने तथा उपचार प्रक्रियामा अवरोध पुर्‍याउने घटनाहरू बढेको उल्लेख गरिएको छ।

National Life

यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पार्ने मन्त्रालयको भनाइ छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा अनुमति बिना फोटो–भिडियो खिच्ने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य प्रचलित कानुनको उल्लंघन भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र सम्बन्धित निकायको स्वीकृति बिना फोटो–भिडियो नखिच्न र त्यस्ता सामग्री प्रकाशन–प्रसारण नगर्न सबैलाई अनुरोध गरेको छ। साथै, कानूनविपरीत गतिविधि गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी समेत दिएको छ।

Classic Tech Desktop

प्रतिकृया