• ४ साउन २०८३, सोमबार
  • ५:३३ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख १७ गते, बिहीबार ०९:०६

१७ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा देखिएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशसहित हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

Kamana Sewa

आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहने र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
विभागले मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया