• ५ असोज २०८३, सोमबार
  • १ः०६ दिउँसो

स्नो रिभर्स लिमिटेडको आईपीओमा लगानी गर्ने हैन त ?

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार १०:४८

१४ बैशाख २०८३ काठमाडौं- स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बाँडफाँड गरिसकेको छ। अब बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्न लागेको हो।

National Life

कम्पनीले आफ्नो ९३ करोड ७५ लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतबराबर १८ करोड ७५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर जारी हुनेछ।

जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावितलाई र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ। बाँकीमध्ये ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। यसपछि बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा आवेदन वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म बैंकिङ समयभित्र दिन सकिनेछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया