नेपाल बैंक लिमिटेडको नाफा सामान्य वृद्धि, २ अर्ब ७९ करोड कमाई
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार १०:०२
१४ बैशाख २०८३ काठमाडौं- नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सामान्य वृद्धि भएको जनाएको छ। बैंकले चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँको तुलनामा ०.३४ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ७ अर्ब १० करोड ७ लाख रुपैयाँ थियो। यससँगै कुल सञ्चालन आम्दानी पनि २.४६ प्रतिशतले वृद्धि भई ८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा उल्लेखनीय रूपमा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी (EPS) पनि सामान्य रूपमा बढ्दै २५.३४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५.२६ रुपैयाँ थियो। बैंकको खराब कर्जा अनुपात घटेर ४.९६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.४५ प्रतिशत थियो।
हाल बैंकको प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ र बेस रेट ४.७१ प्रतिशत रहेको छ। १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चिति रहेको छ।
बैंकले चैत मसान्तसम्म २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।




प्रतिकृया