• ६ असोज २०८३, मंगलबार
  • ३ः४४ दिउँसो

विद्यार्थीलाई ४५% भाडा छुट अनिवार्य लागू गर्न सरकारको निर्देशन

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार ११:४३

९ बैशाख २०८३ काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभागले यातायात व्यवसायीलाई पत्राचार गर्दै सरकारले तोकेको सहुलियत सुविधा प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको हो।

National Life

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको निर्णयअनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत छुट पाउने व्यवस्था छ। तर पछिल्लो समय उक्त सुविधा कार्यान्वयन नभएको भन्दै ‘हेलो सरकार’ तथा विभागमा व्यापक गुनासो आएपछि पुनः ताकेता गरिएको हो।

विभागका निर्देशक गणेशमान सिंह राई द्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात लाई विद्यार्थी सहुलियत अनिवार्य रूपमा कार्यान्वयन गर्न भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले तोकेको सहुलियत नदिने सवारी साधनलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ।

प्रतिकृया