• ६ असोज २०८३, मंगलबार
  • ७ः४६ बेलुका

सर्वाेत्तम पेन्ट्सको आईपीओ वैशाख २१ देखि

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार १२:१९

९ बैशाख २०८३ काठमाडौं – सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड ले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो।

National Life

कम्पनीले आफ्नो ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ।

जसमध्ये १० प्रतिशत अर्थात ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। श्रम स्वीकृति लिएका नेपालीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन अवधि वैशाख २१ गतेदेखि २४ गतेसम्म बैंकिङ समयभित्र रहनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया