• २१ जेठ २०८३, बिहीबार
  • ८:३८ बिहान

बजारबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार ११:०६

९ बैशाख २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंक ले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। केन्द्रीय बैंकले १६८ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

यसका लागि बोलकबोल तथा निष्कासन प्रक्रिया आजै हुने जनाइएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ। बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

Kamana Sewa

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन गरिएको रकमको साँवा र ब्याज आगामी असोज २१ गते भुक्तानी गरिनेछ। ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ।

Classic Tech Desktop

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन्। बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः रकम वितरण गरिनेछ।

राष्ट्र बैंकले संकलन गरेको यस्तो निक्षेप सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा पर्ने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन। तर, तोकिएको एसएलआर तथा लिक्विडिटी रेसियोमा भने समावेश गर्न सकिने जनाइएको छ।

प्रतिकृया