• १ असोज २०८३, बिहीबार
  • ४ः४२ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ बैशाख ६ गते, आईतवार ०७:५४

६ बैशाख २०८३ काठमाडौं –  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यस प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने मधेश र कोशीको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

National Life

आज दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक-दुई स्थानमा यस्तै किसिमको वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

यसैबीच मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने र तातो दिन हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ। आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया