• १ असोज २०८३, बिहीबार
  • ११ः२० बिहान

ट्रायल पास गरेको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने, वर्षौंको प्रतीक्षा अन्त्य हुने

प्रकाशित मिति

२०८३ बैशाख ५ गते, शनिबार ०५:४४

५ बैशाख २०८३ काठमाडौं – बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने व्यवस्था कार्यान्वयनमा आएको बताएका छन्। काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियामा तीव्रता दिइएको जानकारी दिएका हुन्।

National Life

उनका अनुसार विगतमा ट्रायल पास गरेपछि पनि वर्षौंसम्म लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने भएको छ। नयाँ व्यवस्थाअनुसार ट्रायल पास गरी आवश्यक राजस्व बुझाएपछि २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट गरेर हस्तान्तरण गरिनेछ।

त्यस्तै, हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्स असार मसान्तभित्रै छापिसक्ने लक्ष्य राखिएको पनि उनले बताए। मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र ठूलो सम्भावना बोकेको संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया