• १ असोज २०८३, बिहीबार
  • ८ः०९ बिहान

२६ लाखको हात रित्तो हुने कालिन्चोक हाइड्रोपावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

प्रकाशित मिति

२०८३ बैशाख ५ गते, शनिबार ०५:३०

५ बैशाख २०८३ काठमाडौं – कालिन्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आगामी साता मात्रै बाँडफाँड हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले चैत ७ गते (मंगलबार) आईपीओ बाँडफाँडको तयारी गरेको जनाएको छ।

National Life

कम्पनीको आईपीओमा कुल २७ लाख ४९ हजार ६०२ जना लगानीकर्ताले आवेदन दिएका छन्। मागभन्दा धेरै आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसअनुसार ६८ हजार ४७५ जनाले मात्र १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

यस प्रक्रियामा बाँकी करिब २६ लाख ८१ हजारभन्दा बढी आवेदक भने शेयर नपाई हात रित्तो हुनेछन्। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्कासन गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया