• ३१ भदौ २०८३, बुधबार
  • ७ः३१ बेलुका

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८३ बैशाख ४ गते, शुक्रबार ०७:५१

४ बैशाख २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा चट्याङको अवस्था देखिएको छ।

National Life

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि मध्यम बदली रहेको छ। अन्य हिमाली क्षेत्रहरूमा पनि बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। गण्डकी प्रदेशका केही पहाडी स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्र, विशेषगरी मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने तातो दिन हुने सम्भावना देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने जोखिमबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया