• ६ असोज २०८३, मंगलबार
  • ५ः४५ बेलुका

जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले दिए राजीनामा

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०५:४०

२७ चैत,२०८२ काठमाडौं – जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन्। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि उनी परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए।

National Life

उनले गत बुधबार राजीनामा दिएका थिए भने परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार उक्त राजीनामा स्वीकृत गरेका हुन्।

सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि त्यसविरुद्ध राजदूतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि फिर्ता बोलाइएका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

राजीनामापत्रमा रुपाखेतीले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै मन्त्रालयमा हाजिर भएको उल्लेख गरेका छन्। साथै उनले मन्त्रालयमा हाजिर भएको अवधिको कुनै पनि तलब तथा सुविधा नलिएको पनि स्पष्ट पारेका छन्।

प्रतिकृया