• १७ असोज २०८३, शनिबार
  • ३ः२० राती

धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार ११:५७

२० चैत,२०८२ जनकपुरधाम — धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्।

National Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोकेर अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीका आधारमा उनीमाथि निगरानी गरिएको थियो। सोही क्रममा उनलाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अख्तियारले अधिकारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया