• ३ साउन २०८३, आइतबार
  • ३:५० बेलुका

जेनजी आन्दोलनका घाइतेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ

प्रकाशित मिति

२०८२ चैत्र २० गते, शुक्रबार ११:४०

२० चैत,२०८२ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेटेका छन्। गए राति मन्त्री गुरुङले केएमसी अस्पताल पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझेका हुन्।

गृहमन्त्रीको निजी सचिवालयका अनुसार उनले चिकित्सकहरूसँग घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। अस्पतालमा उपचाररत घाइतेहरूको निःशुल्क उपचार पूर्वसांसद डा. सुनिल शर्माले गरिरहेका छन्। यस कार्यप्रति गृहमन्त्री गुरुङले केएमसी अस्पतालका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका छन्।

Kamana Sewa

सरकारले घाइतेहरूको उपचार तथा राहतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया