• ४ साउन २०८३, सोमबार
  • ४:५८ बिहान

व्यवसायी दीपक भट्ट कालोसूचीमा

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०५:२३

१७ चैत,२०८२ काठमाडौं – अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान सुरु गरेपछि राहदानीसमेत कालोसूचीमा राख्न सिफारिस गरिएको हो।

सोही अनुरूप सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएको थियो। उक्त पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको स्रोतले जनाएको छ।

Kamana Sewa

भट्टमाथि विभिन्न ठूला ठेक्का तथा खरिद प्रक्रियामा चलखेल गरेको आरोप लाग्दै आएको छ। उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्कामा सेटिङ मिलाउने काममा संलग्न रहेको आरोप पनि रहेको छ।

Classic Tech Desktop

प्रतिकृया