• १ असोज २०८३, बिहीबार
  • ८ः३७ राती

छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०७:५९

काठमाडौं — जेनजी आन्दोलनको क्रममा भएको घटनासम्बन्धी छानबिनका क्रममा पक्राउ परेका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार रिजाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सुविधानगरबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेर सोधपुछ गरिएको थियो।

प्रहरीका एक अधिकृतका अनुसार रिजाललाई सह–सचिवस्तरको जिम्मेवारी भएकाले आवश्यक परेको बेला उपस्थित हुने शर्तमा हाजिर जमानीमा रिहा गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

जेनजी प्रदर्शनको क्रममा काठमाडौंको बानेश्वर क्षेत्रमा किशोरहरूको मृत्यु भएको घटनासम्बन्धी प्रश्नमा उनलाई अनुसन्धान गरिएको बताइएको छ। उक्त घटनामा गोली चलाउने आदेश दिएको आरोपबारे उनीमाथि आलोचना हुँदै आएको छ।

यसैबीच, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। भदौ २३ र २४ गतेको प्रदर्शनका बेला उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए।

रोपको विषयमा रिजालले भने आफूले घातक हतियार प्रयोग गरेर गोली चलाउने आदेश नदिएको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया