संसद् सचिवालयद्वारा प्रतिनिधिसभा दलहरूको बैठक आह्वान
प्रकाशित मिति
२०८२ चैत्र १७ गते, मंगलवार ११:३३
१७ चैत,२०८२ काठमाडौं – संघीय संसद् सचिवालय ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। सरकारको सिफारिसमा रामचन्द्र पौडेल ले चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि बैठक बोलाइएको सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन्।
बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित सचिवालयमा बस्नेछ। सो बैठकमा अधिवेशन सञ्चालन, कार्यसूची तथा तयारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेलले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक चैत १९ गते दिउँसो २ बजेका लागि आह्वान गरेका छन्।
बैठकमा सरकारको तर्फबाट कानुनमन्त्रीलाई सहभागी गराउने तयारी भए पनि टुंगो लागिसकेको छैन। प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरूको प्रतिनिधित्व रहेको छ।






प्रतिकृया