• ५ साउन २०८३, मंगलबार
  • ५:३३ बेलुका

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार १०:३१

१६ चैत,२०८२ काठमाडौं – हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने संकेत देखिएको छ।

Kamana Sewa

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ। तराई क्षेत्रमा आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ।

Classic Tech Desktop

प्रतिकृया