• ३१ भदौ २०८३, बुधबार
  • ११ः१८ राती

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आज

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०९:५८

१२ चैत,२०८२ काठमाडौं- प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। जेष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदलाई आज दिउँसो २ बजे निर्माणाधीन संघीय संसद् भवन, बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा शपथ गराउने छन्।

National Life

सांसदहरूले प्रतिनिधि सभा वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ मा उल्लेख गरिएको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया