• ३१ भदौ २०८३, बुधबार
  • १०ः३६ राती

सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै कालिन्चोक हाइड्रोपावर

प्रकाशित मिति

२०८२ चैत्र १२ गते, बिहीबार ०९:४०

१२ चैत,२०८२ काठमाडौं- कालिन्चोक हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने तयारी गरेको हो।

National Life

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरिसकेको छ। नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएअनुसार कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट भइसकेको छ।

यसैगरी ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति चैत २५ गतेसम्म तोकिएको छ।

कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताले ‘मेरो सेयर’ प्रणाली तथा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया