• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

कोलम्बियामा सैन्य विमान दुर्घटना: ३४ सैनिकको मृत्यु, ७० भन्दा बढी घाइते

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १०:३७

कोलम्बिया — कोलम्बिया मा वायुसेनाको हरक्यूलिस सी-१३० विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा ३४ सैनिकको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।कोलम्बियाली वायुसेनाका प्रमुखका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए।

दुर्घटना पेरू सीमाना नजिक दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामो मा भएको हो। रक्षा मन्त्रालयका अनुसार विमान रनवेबाट करिब डेढ किलोमिटर टाढा खसेको थियो। घटनाप्रति राष्ट्रपति गुस्तावो पेट्रो ले गहिरो दुःख व्यक्त गर्दै सैनिकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधार गरिने पनि बताएका छन्।

Kamana Sewa

राष्ट्रपति पेट्रोले सेनालाई आधुनिक उपकरण र स्रोतसाधनले सुसज्जित बनाउने निर्णय पहिले नै भएको तर प्रशासनिक ढिलाइका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्। उनले आवश्यक काम गर्न नसक्ने अधिकारीलाई हटाइने चेतावनी समेत दिएका छन्।

Classic Tech Desktop

सैनिक सुरक्षाका लागि नयाँ हेलिकोप्टर, यातायात विमान तथा ड्रोनविरुद्धका प्रणाली तत्काल खरिद गर्नुपर्ने उनको भनाइ छ।दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यो विमान सैनिक, हतियार तथा राहत सामग्री ढुवानीदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ।

प्रतिकृया