• १९ असोज २०८३, सोमबार
  • ८ः२९ बिहान

कालंगा हाइड्रोको आईपीओ बिक्री खुला

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १०:३०

१० चैत,२०८२ काठमाडौं-  कालंगा हाइड्रो लिमिटेड ले आज चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरेको हो।

National Life

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ भने बाँकी ४ लाख ९० हजार कित्ता प्रभावित क्षेत्रभित्रका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको छ। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म तोकिएको छ भने सबै शेयर बिक्री नभएमा ढिलोमा वैशाख ९ गतेसम्म आवेदन खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म कायम रहनेछ।

कम्पनीलाई केयर रेटिङ्स नेपाल ले ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमता मध्यम जोखिमयुक्त रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित आयोजनास्थल कार्यालय तथा तोकिएका बैंक शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर मार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

प्रतिकृया