• १ असोज २०८३, बिहीबार
  • ४ः३३ बेलुका

कस्तो होला आजको मौसम ?

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार ०९:३५

१० चैत,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभाग ले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।

National Life

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै मौसमको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी आज राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले सम्भावित वर्षा, चट्याङ र हिमपातबाट हुन सक्ने असरबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया