• १ असोज २०८३, बिहीबार
  • ११ः५७ राती

बालेन प्रधानमन्त्री बन्ने प्रक्रिया सुरु, रास्वपाले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १०:०२

१० चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। यसका लागि पार्टीले चैत १२ गते दिउँसो ४ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको छ।

National Life

संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभा निर्वाचनमा बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था भएकाले रास्वपाले बालेनलाई पहिलो चरणमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो।

उक्त दिन नै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पनि तय गरिएको छ। शपथपछि बस्ने संसदीय दलको बैठकले बालेन शाहलाई सर्वसम्मत रूपमा नेता चयन गर्ने तयारी रहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यदि उनी सर्वसम्मत रूपमा नेता चयन भएमा भोलिपल्ट अर्थात् चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय हुने छ। त्यससँगै उनले देशको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।

यसैबीच, रास्वपाका शीर्ष नेताहरू सम्भावित मन्त्रिपरिषद गठन र मन्त्री चयन सम्बन्धी छलफलमा व्यस्त रहेका छन्। पार्टीले सानो आकारको, चुस्त र प्रभावकारी मन्त्रिमण्डल गठन गर्ने संकेत दिएको छ।

प्रतिकृया