• १३ असोज २०८३, मंगलबार
  • २ः४४ दिउँसो

नेप्सेमा उत्साह: सूचक ६४.६७ अंकले उकालो, सबै उपसूचक हरियो

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार ०३:१९

५ चैत,२०८२ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा पुगेको छ। आज ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा कुल २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

यस दिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ। वाणिज्य बैंक समूह ३.१६ प्रतिशत, विकास बैंक ३.९५ प्रतिशत, फाइनान्स १.९४ प्रतिशत र होटल तथा पर्यटन समूह १.७५ प्रतिशतले बढेका छन्।

प्रतिकृया