समानुपातिक सांसदले पाए प्रमाणपत्र
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार ०१:१०
५ चैत,२०८२ काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूले आज प्रमाणपत्र प्राप्त गरेका छन्। निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न ६ दलबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिष्ट पार्टीका ९, तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।
सांसदहरूले प्रमाणपत्र प्राप्त गरेसँगै आयोगले आजै प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ।
प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्नेछ।







प्रतिकृया