• १३ असोज २०८३, मंगलबार
  • २ः५२ दिउँसो

गगन थापाले फेसबुक बायोबाट पनि सभापति पद हटाए

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार १२:२८

५ चैत,२०८२ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकको बायोबाट आफ्नो सभापति पद हटाएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

National Life

गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट थापा निर्विरोध सभापति चयन भएका थिए। त्यसपछि उनले फेसबुकको बायोमा काँग्रेसको सभापति भनेर उल्लेख गरेका थिए, तर अहिले उक्त जानकारी हटाइसकेका छन्।

थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएपछि यसबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने तयारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया