• १४ असोज २०८३, बुधबार
  • १ः१९ राती

आज संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार १०:४४

५ चैत,२०८२ काठमाडौं- संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्नेछ।

National Life

महासचिव पाण्डेले प्रतिनिधिसभा निर्वाचनबाट प्रतिनिधित्व गर्न सफल भएका दलहरूलाई एकै ठाउँमा बोलाएर आगामी कार्यसूची र प्रक्रियाबारे छलफल गरिने जानकारी दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ राजनीतिक दल संसद्मा प्रतिनिधित्व गर्न सफल भएका छन्। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सचिवालयले दलहरूको बैठकमार्फत संसद्को आगामी गतिविधि कसरी अघि बढाउने भन्ने विषयमा प्रारम्भिक छलफल गर्ने तयारी गरेको छ।

प्रतिकृया