• १४ असोज २०८३, बुधबार
  • १ः५७ राती

इरानलाई ट्रम्पको चेतावनी: कतारमा पुनः आक्रमण भए साउथ पार्स ध्वस्त पारिदिन्छौँ

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार १०:३३

५ चैत,२०८२ काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। इरानले कतारमाथि पुनः आक्रमण गरेमा आफ्नो विशाल ग्यास क्षेत्र ‘साउथ पार्स’ ध्वस्त पारिदिने उनले बताएका छन्।

National Life

बुधबार राति इजरायलले इरानको ग्यास क्षेत्रमा आक्रमण गरेपछि त्यसको प्रतिशोधस्वरूप इरानले कतारको औद्योगिक क्षेत्र ‘रास लाफान’मा प्रहार गरेको थियो। सो घटनापछि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले इजरायलको उक्त आक्रमणबारे अमेरिकालाई कुनै जानकारी नभएको स्पष्ट पार्दै कतारमाथिको आक्रमणलाई ‘अन्यायपूर्ण’ बताएका छन्। उनले कतार कुनै पनि रूपमा उक्त घटनामा संलग्न नभएको दाबी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘मध्यपूर्वमा विकसित घटनाक्रमको आक्रोशमा इजरायलले हिंसात्मक प्रतिक्रिया दिएको हो, तर यसबारे अमेरिकालाई केही थाहा थिएन,’ ट्रम्पले लेखेका छन्।

उनले इरानले तथ्य नबुझी कतारमाथि प्रतिशोधात्मक आक्रमण गरेको आरोप लगाउँदै आगामी दिनमा पुनः यस्तो कदम चाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पका अनुसार इरानले फेरि कतारलाई निशाना बनाए अमेरिकाले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रलाई अहिलेसम्म नदेखेको शक्ति प्रयोग गरी ध्वस्त पार्नेछ।

प्रतिकृया