• १३ असोज २०८३, मंगलबार
  • ४ः१४ बेलुका

सांसद सुधन गुरुङले भने– सरकारी तलब–भत्ता र सुविधा लिन्नँ

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०३:३६

३ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष निर्वाचित सांसद सुधन गुरुङ ले आफूले सांसदका रूपमा पाउने सरकारी तलब–भत्ता तथा सेवा सुविधा नलिने बताएका छन्। ललितपुरको ग्वार्कोस्थित एक होटलमा रास्वपाले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार उनले यस्तो बताएका हुन्।

National Life

गुरुङले आफूले सरकारी गाडीसमेत प्रयोग नगर्ने बताउँदै निजी गाडी नै प्रयोग गर्ने उल्लेख गरे। “तलब–भत्ता र सुविधा केही पनि लिन्नँ, सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने।

नेपालमा सांसदहरूलाई तलब–भत्ता तथा विभिन्न सेवा सुविधा उपलब्ध हुने व्यवस्था छ। गाडी सुविधा भने संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक वा मन्त्री बनेको अवस्थामा मात्र उपलब्ध हुने व्यवस्था रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया