• १४ असोज २०८३, बुधबार
  • ५ः०१ बिहान

८ महिनामा ७ खर्ब ५१ अर्ब राजश्व संकलन

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०१:२३

१ चैत,२०८२ काठमाडौं- आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्म ८ महिनामा ७ खर्ब ५१ अर्ब ८६ करोड राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो संकलन वार्षिक लक्ष्य १४ खर्ब ८० अर्बको करिब ५१ प्रतिशत हो। लक्ष्यको तुलना गर्दा ८ महिनामा ९ खर्ब १० अर्ब २० करोडको लक्ष्य रहेकोमा ८२.६० प्रतिशत मात्र प्राप्त भएको छ।

National Life

फागुन महिनामा लक्ष्य ९६ अर्ब ५७ करोड राखिएकोमा ८२ अर्ब ५३ करोड संकलन भएको छ, जुन ८५.४६ प्रतिशत हो। अघिल्लो वर्ष सोही अवधिमा ७८ अर्ब ७५ करोड राजश्व संकलन भएको थियो।

अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको फागुनसम्म ८ खर्ब ६५ अर्ब ५१ करोड राजश्व संकलन भएको थियो, जुन चालु वर्षको समान अवधिसँग तुलना गर्दा थोरै घटेको देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया