• १४ असोज २०८३, बुधबार
  • ५ः३५ बिहान

रास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम प्रस्ताव, आयोगबाट रुजु हुन बाँकी

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०१:३२

१ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५७ जना सांसदको नाम टुंगो लगाएको छ। भर्खरै बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

National Life

झाले आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै, आयोगले रुजु नगरेसम्म सार्वजनिक नहुने बताए।

उनका अनुसार क्लस्टर अनुसार खस आर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम आयोगमा पठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया