• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

एमाले अध्यक्ष ओलीका पिताको निधन, शीर्ष नेताहरूले दु:ख व्यक्त गरे

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार ०२:२८

२९ फाल्गुन,२०८२ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। यस घटनाप्रति नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरूले आफ्नो दुःख व्यक्त गरेका छन्।

National Life

कांग्रेस सभापति गगन थापाले दिवंगत आत्माको मोक्षको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे भने पूर्वसभापति शेरबहादुर देउवाले आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै केपी ओलीसहित शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया