• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

काठमाडौं उपत्यकामा फोहर विसर्जन अवरुद्ध, स्थानीयले सहमति कार्यान्वयन नभएको आरोप

प्रकाशित मिति

२०८२ फाल्गुन २९ गते, शुक्रबार १२:४३

२९ फाल्गुन,२०८२ काठमाडौं- काठमाडौं उपत्यकाको बञ्चरेडाँडा क्षेत्रमा स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका छन्। स्थानीयहरूले काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न रोक लगाएका हुन्।

National Life

स्थानीयले, कुलमान घिसिङ मन्त्री हुँदा भएका सहमतिका काम पूरा नभएको बताउँदै, माग पूरा नभएसम्म अवरोध जारी रहने बताएका छन्।

यसअघि गत कात्तिक १६ गते तत्कालिन शहरी विकास मन्त्री घिसिङले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि फोहर विसर्जनको अवरोध हटेको थियो। तर त्यसपछिका काम पूरा नभएको स्थानीयले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नुवाकोटको ककनी गाउँपालिका १, २, ३ र धादिङको धुनबेँसी नगरपालिका १, ३, ४ वडाका प्रभावित स्थानीयहरूले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान रोक लगाएका छन्।

प्रतिकृया