• १४ असोज २०८३, बुधबार
  • २ः४९ राती

२१ फागुनमा चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०१:३७

 १९ फाल्गुन,२०८२ काठमाडौं –  २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएका ज्योतिष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेका छन्।

National Life

उनीलाई काठमाडौंको चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट रहेको र सो दिन चुनाव नहुने अभिव्यक्ति दिएको आरोप छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले सोमबार साँझ उनलाई पक्राउ गरी परिसर काठमाडौंमा बुझाएको हो। हाल उनी परिसरको हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया