• १४ असोज २०८३, बुधबार
  • २ः०६ राती

काठमाडौं नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ११:०४

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर मा टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भएका ४८ वर्षीय बद्रि कोइराला हुन्।

National Life

उनी हाल भक्तपुरको लोकन्थली बस्दै आएका थिए र नायब सुब्बा पदका कर्मचारी रहेको खुल्न आएको छ। प्रदेश ३–०१–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याइयो, तर बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरे।

घटनामा संलग्न टिपर चालक, २६ वर्षीय विकाश थापामगर, जो गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका छन्, प्रहरीले नियन्त्रणमा लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया