• १३ असोज २०८३, मंगलबार
  • २ः११ दिउँसो

अधिक तरलता नियन्त्रण गर्न बजारबाट १ खर्ब निक्षेप तान्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०१:४८

 १९ फाल्गुन,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न मंगलबार एक खर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले ३५ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

National Life

यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ। बोलकबोलमा सहभागी हुन सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ।

साँवा तथा ब्याज भुक्तानी यही फागुन २५ गते गरिनेछ। यसको ब्याजदर पनि बोलकबोल प्रक्रियामार्फत निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।

प्रतिकृया